राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र जारी गर्दै, न्यूनतम लगानी ५० हजार

२४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बिज्ञापन

८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् ।

बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा खरिद गर्न पाइने छ ।

ऋणपत्र खरिद गर्न चाहनेले २९ फागुनमा ३ बजेभित्र नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन् ।

यस ऋणपत्रको साँवा भुक्तानी ३० फागुन २०८८ मा हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा लगानीकर्ताले पाउने छन् ।

नागरिकले आवेदन दिँदा राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा गई खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत रकम राष्ट्र बैंकको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्र प्रतिलिपीसहित विभागमा अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ ।

यो विकास ऋणपत्र नेप्सेका सूचीकृत भई कारोबारमा आउने छ भने बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण समेत लिन सकिन्छ ।

स्रोत : Online khabar

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

के हो नेभारा ? यसका पातहरू: आश्चर्यजनक फाइदाहरू र प्रयोग गर्ने तरिका जनि राखौं !

के हो “क्रिसमस ट्री” कसरी खाने ? क्रिसमस ट्री खाने ७ तरिकाहरू,

शरीर सधै फ़ुर्तिलो बनाउने ७ घरेलु खाना ! यस्ता छन् …

बालबालिकामाथि अत्यधिक निगरानी र नियन्त्रण गरिराख्नु किन राम्रो होइन ? जानिराखौ !!