ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा माधव नेपालको असन्तुष्टि

८ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा असन्तुष्टि जनाएका छन् । शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहरु गरेको टिप्पणी गरेका हुन् ।

बिज्ञापन

एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो’, अध्यक्ष नेपालले भने ।

नेकपा एमालेको खेलकुद संगठनले केपी ओली कप फुटबल र केपी ओली कप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । स्रोत अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

शरीर सधै फ़ुर्तिलो बनाउने ७ घरेलु खाना ! यस्ता छन् …

बालबालिकामाथि अत्यधिक निगरानी र नियन्त्रण गरिराख्नु किन राम्रो होइन ? जानिराखौ !!

एमसीसीको अनुदान खर्च गर्ने सहमति

उच्च रक्तचाप भए के गर्ने ? जानी राखौं।