३० वर्षे युवा डाक्टर केशब श्रेष्ठको नेतृत्वमा न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पताल मध्येजिल्ला अस्पताल रामेछापलाई तेस्रो बनाउन सफल भएको छ।
देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो। जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक पाएर पहिलो, चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अंक पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अंक पाएर तेस्रो हुन सफल भएको हो।
१० मडिना अघी बागमति प्रदेश लोकसेवा आयोगबाट सरकारी सेवा सुरु गरेका डा केशव ६ महिना देखी जिल्ला अस्पताल रामेछपको नेतृत्व गरिरहेका छन्।
बेलारुसबाट एमबीबीएस गरेका डा. केशवले सरकारी जागिर सुरु गर्नु भन्दा अघी चितवन मेडिकल कलेज, भरतपुर क्यान्सर अस्पताल र नेपाल पुलिस अस्पतालमा समेत काम गरेका छन्।
हाल रामेछाप अस्पतालमा एक जना एमडिजीपी ५ जना मेडिकल अफिसर, डेन्टल डाक्टर एक जना तथा कार्मचारी सहित ७० जना कार्यरत छन्।
विभिन्न सूचकका आधारमा मापन गरिँदा जिल्ला अस्पतालले ९१ प्रतिशत अंक पाएको हो। यो विगतको तुलनामा सुधारोन्मुख अंक हो। एक वर्ष अघिको मापन अनुसार ८७ प्रतिशत अंक रहेको अस्पतालले विगतको तुलनामा आफ्नो सेवालाई सुधार गर्दै लगेको छ। अस्पतालले २०७७ मा ६८ प्रतिशत,२०७८ मा ५७ प्रतिशत,२०७९ मा ८७ प्रतिशत र २०८० मा ९१ प्रतिशत अंक पाएको हो।
स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजना तथा जिल्ला अस्पताल रामेछापको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो।
स्रोत: Health News Nepal