प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले ले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँमाथि न्याय हुने बताएका छन् ।

बिज्ञापन

प्रतिनिधिसभमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् ।

‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ । त्यसैले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँलाई न्याय हुन्छ ।’

उनले सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झिरहने बताए ।

‘सशस्त्रद्वन्द्वको विधि प्रति मेरो विमति थियो र छ । तर, यो देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तिकरण र समावेशी समाजको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झनेछ,’ उनले भने ।

प्रधानमन्त्री जीवनको उत्तराद्र्धमा आफ्नो ‘लेगेसी’बारे बढी चिन्तित रहेको पनि चर्चा गरे । ‘एउटा औषत नेताले त छविको चिन्ता गर्छ, म केका लागि चिनिन चाहन्छु भन्ने राजनीतिको अहं प्रश्न हुन्छ । संघर्षपूर्ण राजनीतिबाट उदाएको नेताले त जीवनको उत्तराद्र्धमा आफ्नो लेगेसीको बारेमा खोजी गर्छ, विचार पुर्याउँछ । प्रधानमन्त्री त्यसैमा बढी चिन्तित देखिनुभएकोले हामीले साथ दिएका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

के हो नेभारा ? यसका पातहरू: आश्चर्यजनक फाइदाहरू र प्रयोग गर्ने तरिका जनि राखौं !

के हो “क्रिसमस ट्री” कसरी खाने ? क्रिसमस ट्री खाने ७ तरिकाहरू,

शरीर सधै फ़ुर्तिलो बनाउने ७ घरेलु खाना ! यस्ता छन् …

बालबालिकामाथि अत्यधिक निगरानी र नियन्त्रण गरिराख्नु किन राम्रो होइन ? जानिराखौ !!