‘महाजात्रा’को ट्रेलर : अपराधको पैसा लुकाउन गर्ने संघर्ष ‘महाजात्रा’को ट्रेलर : अपराधको पैसा लुकाउन गर्ने संघर्ष ‘महाजात्रा’को ट्रेलर : अपराधको पैसा लुकाउन गर्ने संघर्ष

काठमाडौँ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमका बिच  सार्वजनिक ट्रेलरमा तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलरमा पूर्ण कमेडीले भरिएको छ ।

बिज्ञापन

अभिनेता हरिवंश आचार्य नकारात्मक चरित्रमा छन् । नेताको भूमिकामा रहेका उनको कालो धन लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यो पैसा खोज्न प्रहरीले गरेको दौडधुपमा ट्रेलर घुमेको छ । अपराधको पैसाले विरोल्छ भन्ने सन्देश पनि ट्रेलरले दिएको छ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने फिल्मको ट्यागलाइन छ ।

‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताहरूमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

स्रोत : Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

के हो नेभारा ? यसका पातहरू: आश्चर्यजनक फाइदाहरू र प्रयोग गर्ने तरिका जनि राखौं !

के हो “क्रिसमस ट्री” कसरी खाने ? क्रिसमस ट्री खाने ७ तरिकाहरू,

शरीर सधै फ़ुर्तिलो बनाउने ७ घरेलु खाना ! यस्ता छन् …

बालबालिकामाथि अत्यधिक निगरानी र नियन्त्रण गरिराख्नु किन राम्रो होइन ? जानिराखौ !!