कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको पुलमाथि गुडिरहेको ट्रकमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ ।

बिज्ञापन

नेपालगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा कर्णाली पुल भएर अघि बढ्दा अचानक आगलागी भएको थियो ।

दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासमा आगो लगभग नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

आगलागीबाट ट्रकसँगै त्यसमा रहेको लाइटर जलेर नष्ट भएको छ । पुलमा गुडिरहेकै समयमा ट्रकमा आगलागी हुँदा पुलका तारहरूमा समेत क्षति पुगेको छ ।

आगो नियन्त्रणमा लिन कैलालीको लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाको मधुवन नगरपालिकाको दमकल पुगेको थियो ।

ट्रकमा लाइटर भएको र त्यसको ग्यासका कारण आगो नियन्त्रणमा लिन समय लागेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

ट्रकमा एक करोड १० लाख रुपैयाँ बराबरको लाइटर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

के हो नेभारा ? यसका पातहरू: आश्चर्यजनक फाइदाहरू र प्रयोग गर्ने तरिका जनि राखौं !

के हो “क्रिसमस ट्री” कसरी खाने ? क्रिसमस ट्री खाने ७ तरिकाहरू,

शरीर सधै फ़ुर्तिलो बनाउने ७ घरेलु खाना ! यस्ता छन् …

बालबालिकामाथि अत्यधिक निगरानी र नियन्त्रण गरिराख्नु किन राम्रो होइन ? जानिराखौ !!